काठमाडौं । पछिल्लो केहि दिनयता कोरोना संक्रमितको संख्यामा कमि आएको छ भने संक्रमण मुक्त हुनेको संख्यामा वृद्धि भएको छ । गत २४ घन्टामा देशभर थप ८ सय ३० जना कोरोना संक्रमित थपिएको छ । जसमध्ये पुरुष ५ सय र महिला ३ सय ३० जना रहेका छन् ।
प्रदेश एकमा ८२ जना थपिएका छन् । जसमध्ये मोरङमा ३८, झापामा २०, सुनसरीमा १०, तेह्रथुममा ३, उदयपुर, भोजपुर, सङ्खुवासभा र ताप्लेजुङमा २/२, धनकुटा, पाँचथर र सोलुखुम्बुमा एक/एक जना गरी ८२ जना संक्रमित थपिएका हुन् ।
प्रदेश नम्बर दुईका धनुषा, माहोत्तरी, रौतहट र सप्तरीमा एक/एक जना गरी मात्र ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै, बागमती प्रदेशको काठमाडौंमा सबैभन्दा धेरै २ सय ५८, ललितपुरका ६५, भक्तपुरका २५, चितवनका १९, नुवाकोटका ६, धादिङ, मकवानपुर र रसुवाका ५/५, रामेछापका ३, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकका एक/एक जनासहित ३ सय ९३ जना संक्रमित भएका छन् ।
कास्कीका ५३, तनुहका १३, लमजुङका ९, नवलपरासी पूर्व ७, बागलुङका ६, स्याङ्जाका ५, गोरखा र पर्वतका ३/३ तथा म्याग्दीका एक गरी गण्डकी प्रदेहशमा कूल एक सय जनामा कोरोना देखिएको छ ।
लुम्बिनी प्रदेशका रुपन्देहीमा २३, दाङमा १६, पाल्पा ९, बाँकेमा ७, अर्घाखाँचीमा ४, गुल्मीमा ३ तथा बर्दिया, कपिलवस्तु, प्युठान, रुकुमपूर्व र रोल्पामा एक/एक जना गरी ६७ जना संक्रमित थपिएका छन् ।
कर्णाली प्रदेशमा आइतबार थप ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये सुर्खेतका १८, रुकुम पश्चिम ८, सल्यान र दैलेखका ६/६ तथा कालिकोटका २ जना रहेका छन् ।
यसैगरी, सुदूरपश्चिम प्रदेशका कैलालीमा ६२, कञ्चनपुरमा ४१, अछाममा १५, डोटीमा १४, बझाङमा ९ तथा डडेल्धुरा, दार्चुला र बैतडीमा एक/एक जना गरी १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा देशभरबाट ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।