लामिछानेसँगको कुरालाई गाँसेर आवेग प्रकट भयो, गृहमन्त्रीले राजीनामा दिनुपर्ने अवस्था छैन : महामन्त्री शर्मा

19

काठमाडौँ, २० जेठ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रमेश लेखकमाथि विषयमा उजुरी पनि नपरेको र छानबिन नभएको अवस्थामा राजीनामा दिने अवस्था नरहेको बताउनुभएको छ ।

संसद परिसरमा पत्रकारहरुसँग कुरा गर्दै महामन्त्री शर्माले रवि लामिछानेसँग जोडेर रमेश लेखकको राजीनामा माग्न नमिल्ने बताउँदै लेखकमाथि छानबिन सुरु भए मात्र राजीनामाको विषय आउने बताउनुभयो ।

महामन्त्री शर्माले रवि लामिछानेको हकमा उजुरी परेर सिआइबीले छानबिन गरिरहेको अवस्था रहेको बताउनुभयो । उहाँले हाल विमानस्थलमा कार्यरत कर्मचारीमाथि मात्र छानबिन भइरहेकाले गृहमन्त्रीले सो विषयमा राजीनामा दिनुपर्ने विषय नमिलेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “यो अनुसन्धान अख्तियारले गरिरहेको छ र अख्तियारले एयरपोर्टमा रहेका कर्मचारीहरुको अनुसन्धान हुँदै छ । कमर्चारीमाथि अनुसन्धान हुँदै गर्दा लहरो तान्दै गर्दा गृहमन्त्रीको टेबलसम्म पुगेमा गृहमन्त्रीले छोड्नु पर्छ भन्ने स्वाभाविक हुन्छ । अहिले अघिल्लो गृहमन्त्रीसँगको कुरालाई गाँसेर अलिकति आवेग प्रकट हुन खोजे जस्तो देखियो । अघिल्लो पटकभन्दा अहिले फरक कुरा छ ।”

Share This:
सम्बन्धित खबर
Loading...