मेसी र स्वरेजको गोलमा इन्टर मियामी विजयी

17

काठमाडौँ, १५ जेठ । इन्टर मियामीले अमेरिकन मेजर लिग सकरअन्तर्गत मोन्टरियललाई पराजित गरेको छ ।

बिहीबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले मोन्टरियललाई ४-२ गोल अन्तरले पराजित गरेको हो ।

इन्टर मियामीको जितमा लियोनेल मेसी र लुइस स्वरेजले २-२ गोल गरेका थिए । त्यस्तै मोन्टरियलका लागि डान्टे सीली र भिक्टर लोटुरीले एक एक गोल गरेका थिए ।

यो जितपछि मेजर सकर लिगमा इस्टर्न कन्फेरेन्समा रहेको इन्टर मियामीको १५ खेलमा २६ अंक भएको छ र हाल छैटौँ स्थानमा छ ।

त्यसैगरी मोन्टरियलको भने १६ खेलमा ८ अंक रहेको छ र अंक तालिकामा पुछारमा छ ।

Share This:
सम्बन्धित खबर
Loading...