काठमाडौँ, १२ जेठ । नेकपा (माओवादी केन्द्र) र गंगानारायण श्रेष्ठले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीबीच एकता भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेसपाका अध्यक्ष गंगानारायण श्रेष्ठबीच सहमतिपत्रमा हस्ताक्षर र पत्र आदानप्रदान भएसँगै दुवै दलबीच एकता भएको छ ।
तत्कालीन अध्यक्ष महिन्द्र राय यादव माओवादीसँगको एकता प्रक्रियाबाट पछि हटेपछि श्रेष्ठले आइतबार आफ्नो नेतृत्वमा केन्द्रीय समिति बैठक राखेर पार्टी पुनःगठन गर्दै माओवादीसँग एकता गर्ने गर्नुभएको हो ।
नेसपा पूर्वप्रधानमन्त्री समेत रहनुभएका डा.बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टीबाट विभाजित भएको पार्टी हो ।
गत निर्वाचनमा महिन्द्र राय यादव नेतृत्वको नेसपाका उम्मेदवार माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचन लडेका थिए र महेन्द्र रायले सर्लाही(२ बाट चुनाव जित्नुभएको थियो ।
