गृहमन्त्री लेखकले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ : माओवादी केन्द्र

20

काठमाडौँ, १२ जेठ । नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा विवादमा मुछिएका रमेश लेखकलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निर्णय गरेको छ ।

सोमबार बसेको माओवादी पदाधिकारी बैठकले गृहमन्त्रालय अन्तर्गतका कर्मचारीहरुमाथि छानबिन सुरू भइसकेकाले गृहमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माओवादीको निष्कर्ष रहेको उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिले अध्यागमनमार्फत् नेपालीलाई भिजिट भिसामा विदेश पठाउने कार्यमा गृहमन्त्रालयका कर्मचारी जोडिएका छन्, चौतर्फी आवाज आइरहेको छ, यस्तो अवस्थामा नैतिकताको आधारमा राजीनामा दिनुपर्छ, कांग्रेसका नेताहरुले समेत राजीनामा मागेका छन् । हाम्रो पार्टीको बैठकले पनि के निष्कर्ष निकालेको छ भने गृहमन्त्री लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ ।”

प्रवक्ता सापकोटाले गृहमन्त्री लेखकले तुरुन्त राजीनामा दिनुपर्छ र जति ढिला भयो उति राज्यको साख गिर्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...