सांसद दीपक बोहराको निधन

29

काठमाडौँ, १९ चैत । प्रतिनिधिसभा सदस्य तथा राप्रपाका वरिष्ठ नेता दीपक बोहराको मंगलबार निधन भएको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ओम अस्पतालमा उपचारका क्रममा बोहोराको निधन भएको पुष्टि गर्नुभयो ।

७४ वर्षीय बोहोरा रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । लामो समयदेखि घाँटीको समस्याबाट पीडित उनी पछिल्लो समय पेटको समस्याबाट समेत पीडित थिए ।

बोहोराको निधन लगत्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, प्रकाशचन्द्र लोहनी, कमल थापालगायत नेताहरू अस्पताल पुग्नुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...