मिश्र र राणालाई पाँच दिनको म्याद थप

28

काठमाडौँ, १७ चैत । जिल्ला अदालत काठमाडौँले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र धवलशमशेर जबरालाई पाँच दिन थुनामा राख्न अनुमति लिएको छ ।

शुक्रबार काठमाडौँको तीनकुनेमा भएको राजावादी आन्दोलनको तोडफोड, आगजनी र लुटपाटका घटनामा जिम्मेवार रहेको भन्दै पक्राउ परेका उनीहरुलाई आज जिल्ला अदालत काठमाडौँले म्याद थपेको हो ।

उनीहरू पक्राउ परेको दिनदेखि नै त्यो अवधि गणना हुने छ । अदालतले दिएको अनुमतिअनुसार प्रहरीले अब उनीहरुलाई कम्तीमा मंगलबारसम्म थुनामा राख्न पाउनेछ ।

तीनकुने घटनामाथि अनुसन्धान गरिरहेको प्रहरीले मिश्र, जबरालगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा मुद्दा चलाएको हो ।

प्रहरीले करिब एक सय जनाको हाराहारीमा पक्राउ गरेपछि अहिलेका लागि ४२ जनालाई मात्रै अदालतमा पेस गरेर अनुसन्धानको प्रक्रिया अघि बढाएको छ । पक्राउ परेका स्वागत नेपाल लगायतहरुलाई भने प्रहरीले हाजिरी जमानीमा छाडेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...