काठमाडौँ, १७ चैत । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गत बंगलादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहको योजनाअनुसार प्रसाईद्वारा परिचालित गरिएका हुल्लडबाजहरूले काठमाडौँमा आपराधिक क्रियाकलाप गरेको बताउनुभएको छ ।
आतबार सामाजिक सञ्जालमार्फत् उहाँले गत शुक्रबार काठमाडौँमा राजावादीहरुले गरेको उक्त आपराधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाउन खोजिएको भन्दै यस्तो भ्रममा नेपाली जनता नपर्ने दाबी गर्नुभयो ।
उहाँले लेख्नुभएको छ,‘बंग्लादेशको मोडेलमा सत्तापलट गर्ने पूर्वराजा ज्ञानेन्द्रको योजना कार्यान्वयन गर्न ’जनकमाणडर’ तोकिएका दुर्गा प्रसाईद्वारा परिचालित गरिएका हुल्लडवाजहरुले गरेको अपाधिक क्रियाकलापको भारी सुरक्षाकर्मीलाई बोकाएर पानीमुनिको ओभाने बन्न खोजिरहेका छन् राजावादीहरु । तर, खुला समाजमा सबै कुरा छर्लङ्ग नै छ । राजावादी र पूर्वपञ्चहरुले यो सबै अपराधको भारी दुर्गा प्रसाई र उनका अनुचरलाई बोकाएर उम्कन खोजेको भए थोरै भए पनि विश्वास गर्थे होला नेपाली जनताले । घटना घटेको दिनसम्म राप्रपाको संस्थापनपक्षलाई लागेको त यस्तै थियो । तर, निर्मल निवासको ’थ्रेट’का सामु उनीहरु निरही देखिए र भन्न थाले ’प्रहरी दमनको प्रतिरोध गरेका हुन् आन्दोलनकारीले । आँखो देखा सत्यलाई निर्मल निवासको भयले थिच्दा यस्तै भयो पूर्वपञ्चहरुको नियति ।’