काठमाडौँ, १५ चैत । राजावादीहरुको प्रदर्शनको कमाण्डर दुर्गा प्रसाईले प्रदर्शनका क्रममा भएको क्षतिको जिम्मेवारी लिनुपर्ने गृह मन्त्रालयले जनाएको छ ।
गृहका प्रवक्ता सहसचिव छवि रिजालका अनुसार आन्दोलनका नाममा अपराधिक क्रियाकलाप गर्ने जोकोहीलाई कारबाहीको दायरमा ल्याइने जानकारी दिनुभयो ।
शुक्रबार साँझ पत्रकार मन्त्रालयमा सम्मेलन गर्दै सरकारको उक्त आन्दोलनका कमान्डर प्रसाईंलाई कारबाहीको दायरमा ल्याइने जनाउनुभयो । प्रदर्शनका क्रममा घाइते भएका एक युवकको मृत्यु भएको पनि पत्रकार सम्मेलनमा पुष्टि गर्नुभयो ।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यता, समाजवादी मोर्चाको कार्यक्रम भने शान्तिपूर्ण भएको र १८ हजार मानिस सहभागी भएको रिजालले जनाउनुभयो ।