तोडफोडपछि राजावादीहरुले गरे नेकपा एसको केन्द्रीय कार्यालयमा आगजनी

29

काठमाडौँ, १५ चैत । राजावादीहरुले काठमाडौँको तीनकुनेमा गरिरहेको प्रदर्शनका क्रममा नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा तोडफोडपछि आगजनी गरेका छन् । प्रदर्शनकारीहरुले नेकपा एसको कार्यालय आलोकनगर पुगेर पहिले तोडफोडमा उत्रिएका थिए । पछि आगजनी गरेका हुन् ।

नेपाल न्यूज बैंकका प्रतिनिधि विजेन अमात्यका अनुसार प्रदर्शनकारीहरु नेकपा एसको कार्यालयमा प्रवेश गरेर फर्निचरहरु फुटाए, त्यसपछि प्रदर्शनकारीरुले उक्त कार्यालय आगजनी समेत गरेका हुन् ।

प्रदर्शनकारीहरुले तीनकुने क्षेत्रका आधा दर्जन घरमा तोडफोट गर्नुका साथै आगजनी समेत गरेका थिए । तीनकुने क्षेत्रमा राजावादी समूहको प्रदर्शन उग्र बनेपछि सो क्षेत्र तनावग्रस्त बनेको छ । राजवादीहरुको आमसभा समेत प्रभावित बनेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...