काठमाडौँ, १५ चैत । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । विपक्षी दलहरूसँग सहमति जुट्न नसकेपछि सभामुख देवराज घिमिरेले आइतबार (चैत १७ गते) बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएको हो ।
सभामुखको सचिवालयका अनुसार अब आइतबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।
आजै सभामुख घिमिरले संसद् भवनमा प्रमुख राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको थियो । सभामुख घिमिरेले संसद्को अवरोध हटाउनका लागि प्रमुख दलहरूसँग कुराकानी गरे पनि सहमति नजुटेकाले बैठक आइतबारलाई सार्नुभएको हो ।