आगामी चुनावमा माओवादी एक्लै लड्छ र जित्छ : प्रचण्ड

19

काठमाडौँ, २ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा जनताको तागतको बलमा निर्वाचन गरी संघर्षमा जाने बताउनुभएको छ ।

शनिबार राजनैतिक प्रशिक्षण कार्यक्रममा बोल्नुहुँदै उहाँले माओवादी आगामी निर्वाचनमा कांग्रेस, एमालेसँग समीकरण नगर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब आउने दिनमा माओवादी केन्द्रले नेपाली कांग्रेस, एमालेसँग समीकरण गर्ने कुरालाई हैन आफ्नै खुट्टामा उभिएर आफ्नै जनताको तागतको बलमा निर्वाचन गरी संघर्षमा जानेछ । हिजो ०६४ मा जसरी आफ्नै एजेण्डाको बलमा आफ्नै जनताको तागतमा गएका थियौँ अब एकचोटी फेरि हामी आफ्नै जनता र वर्गतिर जानुपर्छ भन्ने हाम्रो निष्कर्ष छ ।’

साथै उहाँले संगठानात्मक गतिविधि जुन सिस्टममा अगाडि बढ्नुपर्ने हो त्यो पार्टीभित्र नबढेको बताउनुभयो । उहाँले पार्टीभित्रको गुटबन्दी, अराजकता, सबै हटाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टी जस्तो स्थितिमा अहिले छ पार्टीभित्रको गुटबन्दी, अराजकता, असाध्यै बढी व्यत्तिवादी आत्मकेन्द्रित हुने प्रक्रियामा छ । संगठानात्मक गतिविधि जुन सिस्टममा अगाडि बढाउनुपर्ने थियो त्यसरी बढेको छैन, त्यसकारण हामीले यो यथास्थितिलाई तोड्नपर्ने हुन्छ र नयाँ यथार्थतिर नयाँ प्रक्रियातिर हामी जानुपर्ने हुन्छ भनेर हामीले संकल्प लिएका छौँ ।’

Share This:
सम्बन्धित खबर
Loading...