जनकपुर, २३ फागुन । महोत्तरीको महोत्तरी गाउँपालिका–५ गोरिगामामा बस पल्टिँदा एक दर्जन बढी यात्रु घाइते भएका छन् ।
रौजाबाट जलेश्वरतर्फ जाँदै गरेको ना३ख ८९९७ नम्बरको यात्रुवाहक बस शुक्रबार करिब १०ः३० बजे गति अनियन्त्रित भइ खेतमा पल्टिएर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएकाहरुलाई आवश्यक उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर तथा नजिकको अस्पतालहरुमा पठाइएको जिल्ला प्रहरीले कार्यालय महोत्तरीले जनाएको छ ।
अहिलेसम्म कुनै मानवीय क्षति नभएको र घाइतेहरुको अवस्था पनि सामान्य रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बसका चालक र सहचालक भने फरार रहेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र फरार रहेका चालक र सहचालकको खोजी भइरहेको जनाएको छ ।