पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

22

काठमाडौँ, ४ फागुन । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलको मूल्य बढेको जनाएको हो । डिजेल तथा मट्टितेलको मूल्य भने घटेको छ ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढ्दा डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ । नयाँ मूल्य आजदेखि लागु हुने छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका क्षेत्रमा १६५.४० रुपैयाँ, दोस्रो वर्गका स्थानमा १६७ रुपैयाँ र तेस्रो वर्गका स्थानमा १६८ रुपैयाँ पर्नेछ । यसैगरी डिजेल र मट्टितेल पहिलो वर्गका क्षेत्रमा १५३.५० रुपैयाँ, दोस्रो वर्गका स्थानमा १५५ रुपैयाँ र तेस्रो वर्गका स्थानमा १५६ रुपैयाँ पर्नेछ ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् भने तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् ।

हरेक १५ दिनमा निगमले इण्डियन आयल कर्पोरेसनबाट आएको मूल्यसूचीअनुसार मूल्य समायोजन गर्दै आएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...