अन्तरजातीय विवाह जबरजस्ती तोड्न गृहमन्त्रीले निर्देशन दिएको सांसद नेपालीको आरोप

38

काठमाडौँ, २४ माघ । राष्ट्रिय स्तन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले सरकारको हात्तिको दात जस्तै दोहोरो चरित्र रहेको बताउनुभएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले सरकारले अन्तरजातिय विवाहलाई प्रोत्साहन गर्ने नीति लिएको भएता पनि व्यवहारमा लागु नभएको भन्दै सरकारले हात्तिको दात जस्तै दोहोरो चरित्र देखाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मलाई यो सरकार हात्तिको दात जस्तै लाग्न थालेको छ । देखाउने एउटा चपाउने एउटा यो सरकारको चरित्र पनि त्यस्तै हो कि ? के प्रेम गर्नु अपराध हो ? सरकारले अन्तरजातिय विवाहलाई प्रोत्साहन गर्ने नीति लिएको तर व्यवहार उल्टो छ । अन्तरजातीय विवाह गर्ने दलित सतेन्द्रराम चमार र नेहा रौनिहारको विवाह दर्ता भइसकेको पनि जबरजस्ती तोड्न गृहमन्त्री कै निर्देशनमा राज्यशक्ति दुरुपयोग भइरहेको भन्ने खबर अत्यन्तै गम्भीर छ । सरकारले जवाफ दिनुपर्छ ।’

साथै उहाँले अन्तरजातिय विवाह जबरजस्ती तोड्न गृहमन्त्रीले निर्देशन दिएर राज्यशक्ति दुरुपयोग गरेको पनि आरोप लगाउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...