सामाजिक सञ्जालसम्बन्धी विधेयकमा युवाहरुको विरोध छ : सुमना श्रेष्ठ

22

काठमाडौँ, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालसम्बन्धी विधेयकमा युवाहरुको विरोध भएकाले सरकारले यसको समाधान गर्नुपर्ने बताउनुभएको छ ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले युवाहरुको आवाज सदनले सुन्नैपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘सोसल मिडियामा कन्टेन्ट क्रिएटर के हो त्यो बुझ्न जरुरी छ । सामाजिक सञ्जालमा आफ्नो आइडिन्टिनिटी कसरी बनाइन्छ यो सामान्य कुराहरु पनि नबुझेर यो विधेयक लिएको छ । यो विधेयकप्रति युवाहरुले गरेको सामाजिक सञ्जालमा जुन विरोध छ त्यसको सरकारले अहिले नै मनन गरेर यसको सम्बोधन गर्नुपर्छ ।’

साथै, उहाँले सबै सांसदहरुले युवाहरुको आवाज बोक्नुपर्ने बताउनुभयो । उहाँले युवाको आवाज ‘बोल्न दे सरकार’ रहेकाले पनि जनताको आवाजलाई दाब्न नहुने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...