काठमाडौँ, १६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले व्यक्तिगत राजनीतिक स्वार्थ परिपूर्तिको लागि हजारौंको संख्यामा माओवादीहरुले व्यक्ति हत्या गरेको आरोप लगाउनुभएको छ ।
बुधबार सहिद दिवसको अवसरमा आयोजित स्मृति सभालाई सम्बोधन गर्नुहुँदै उहाँले माओवादीहरुले गरेको व्यक्ति हत्यामा राष्ट्रियता प्रजातन्त्र र राजसंस्थाप्रति आस्था राख्ने व्यक्तिहरु पनि धेरै ठुलो संख्यामा सहिद भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘निजी राजनीतिक स्वार्थ परिपूर्तिको लागि हजारौँको संख्यामा माओवादीहरुले व्यक्ति हत्या गरे । त्यो व्यक्ति अत्याको श्रृंखलामा राष्ट्रियता प्रजातन्त्र र राजसंस्थाप्रति आस्था राख्ने व्यक्तिहरु पनि धेरै ठुलो संख्यामा सहिद भएका छन् । माओवादी आतंकको शिकार भएका छन् ।’
यसका साथै उहाँले देश परिवर्तनको क्रममा ज्यान गुमाउने सहिदहरुलाई सधैँ सम्झिनु पर्ने पनि बताउनुभयो ।