स्वास्थ्य मन्त्री पौडेलद्वारा स्वास्थ्य बिमा सुधार कार्ययोजना प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

5

काठमाडौँ, १६ माघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा सुधारसम्बन्धी कार्ययोजना प्रधानमन्त्रीसमक्ष प्रस्तुत गर्नुभएको छ ।

स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा उल्लेखित विषयका आधारमा मन्त्रालयका अतिरिक्त सचिव डा.टंक बारकोटीको नेतृत्वमा कार्ययोजना तयार पार्न मन्त्री पौडेलले भन्नुभएको थियो । सो समितिले तयार पारेको कार्ययोजनासहितको प्रतिवेदन प्राप्त भएपछि मन्त्री पौडेलले मंगलबार प्रधानमन्त्रीसमक्ष प्रतिवेदन बुझाउनुभएको हो ।

कार्ययोजनाका आधारमा मन्त्रिपरिषद् बैठकमार्फत् स्वास्थ्य बिमामा सुधारसम्बन्धमा निर्णय हुने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

मन्त्री पौडेलले स्वास्थ्य बिमामा सुधार गर्दै ५ लाख पुर्‍याउने गरी तयारी गरिरहेको बताउनुभएको थियो । प्रतिवेदनमा ५ लाखको लक्ष्यमा पुग्न सकिने विषयवस्तु समावेश छ ।

मन्त्रिपरिषदबाट निर्णय भएमा संसद्को अधिवेशनमार्फत् स्वास्थ्य बिमा ऐन संसोधनको प्रक्रिया अघि बढाउने मन्त्री पौडेलले तयारी गर्नुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...