सरकारले ल्याएको अध्यादेश प्रतिगमनतिरको यात्रा भएको प्रचण्डको आरोप

19

काठमाडौँ, १५ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गएको छ महिनामा गरेको क्रियाकलाप हेर्दा सरकार गलत उद्देश्यले र अप्राकृतिक रुपले बनेको पुष्टि भएको बताउनुभएको छ ।

मंगलबार काठमाडौँमा आयोजित समाजवादी मोर्चा, नेपालको राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार विचार सभालाई सम्भोधन गर्नुहुँदै उहाँले सरकार भ्रष्टाचारीहरुको रक्षाका निम्ति र सामाजिक अन्याय कायम गर्ने उद्देश्यद्वारा गठन भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘अहिले सरकारमा गएकाहरु कुनै देशको निम्ति सकारात्मक काम गर्ने उद्देश्यले होइन । उनीहरु भ्रष्टाचारीहरुको रक्षा गर्नका निमित्त संविधानमा भएका प्रगतिशील तत्वहरुलाई हटाउन र त्यसलाई प्रतिगामी स्वरुप दिने उद्देश्यद्वारा र सामाजिक न्याय कायम गर्न होइन अन्याय कायम गर्ने उद्देश्यद्वारा यो सरकार गठन भएको छ । र सरकारले आफैँ प्रतिवद्धता गरेको मान्यताविपरीत पनि गठन छ । त्यसैले सरकार, अप्राकृतिक, अलोकतान्त्रि छ र सरकार आफैँमा गलत उद्देश्यले बनेको छ । गएको छ महिनामा सरकारले गरेको क्रियाकलापले त्यो देखाइरहेको पनि छ ।’

अध्यक्ष प्रचण्डले सरकारले अध्यादेश पनि बढो अलोकतान्त्रि र निरङ्कुश तरिकाले ल्याएको आरोप लगाउनुभयो । अध्यादेश प्रतिगमनतिरको यात्राको पाइलाहरु नै हो भन्ने महसुस भएपछि तत्काल अधिवेशनको आह्वान गरेको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, उहाँले विगतको लामो अनुभवबाट निर्मित संविधानमा भएका सकारात्मक परिवर्तनहरु उल्ट्याउने जमर्को भइरहेको उहाँको भनाइ छ । कहिले पटक–पटक संविधान मिचेर प्रतिनिधि सभा विगठन गर्ने नाममा त कहिले संविधान संशोधनको नाममा यो जनताको अधिकारहर खोस्ने जर्मको भइरहेको उहाँले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...