ड्युटीमा रहेका प्रहरी सहायक निरिक्षकको हृदयघातबाट मृत्यु

159

सोलुखुम्बु । ड्युटीमा रहेका प्रहरी सहायक निरिक्षकको हृदयघातको कारण निधन भएको छ । केरुङ प्रहरी चौकी विमानस्थल सुरक्षा गार्ड फाप्लुमा कार्यरत ५० वर्षीय चित्रबहादुर गुरुङको सोमबार निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरिक्षक अनिल माबोहाङका अनुसार अचानक बेहोस भएका गुरुङलाई अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

भोजपुरको ट्याम्केमैयुङ गाउँपालिका–१ स्थायी ठेगाना भइ हाल धरान १५ बस्दै आएका गुरुङको शव परीक्षणपछि मंगलबार आफन्तलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...