सरकार कुनै औषत काम गरेर दिन बिताउने पक्षमा छैन : अर्थमन्त्री पौडेल

7

काठमाडौँ, १० माघ । अर्थमन्त्री विष्णु पौडेलले सरकार कुनै औषत काम गरेर दिन बिताउने पक्षमा नभएको बताउनुभएको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सव समारोहमा बोल्नुहुँदै मन्त्री पौडेलले सरकारले कुनै औषत काम गरेर दिन बिताउने पक्षमा नभएको भन्दै अर्थतन्त्र क्षेत्रका समस्याहरुलाई प्रभावकारी ढंगबाट समाधान गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय वाणिज्य बैंक परिवारलाई मेरो के आग्रह छ भने यो तरलतालाई उत्पादन, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनाका निम्ति कसरी सर्भे गर्ने भनेर सोच्नुहोस् । सरकारले कुनै औषत काम गरेर सरकारको सूची बढाउने काम गर्दैन । दिन बिताउने पक्षमा छैनौँ । समस्याको निकै लामो चाङ छ । यी समस्याहरुलाइ एक एक गरेर पन्छाउँदै जान चाहन्छौँ । छोटो अवधिमा दुरगामी महत्त्वका उपलब्धिहरु आर्जन गर्न चाहन्छौँ । विषेशगरी अर्थतन्त्रको क्षेत्रका समस्याहरुलाई प्रभावकारी ढंगबाट समाधान गर्न चाहन्छौँ । सरकार बनेको दिन गनेर नभइ परिणाममुखी काम गरेर अगाडि बढ्न चाहन्छौँ ।’

उहाँले अध्यादेशको माध्यमबाट निराशालाई आशामा बदल्नका लागि र देशभित्र भविश्य खोज्नेहरुका लागि काम गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘२९ वटा ऐनहरुमा अध्यादेशको माध्यमबाट संशोधन गरेका छौँ । ती अध्यादेशहरु सदन सुरु भएको पहिलो दिन नै प्रस्तुत हुँदै छ । ती अध्यादेशहरु संसदबाट अनुमोदित हुनेछ । निराशालाई आशामा बदल्नका लागि, देशभित्र भविश्य खोज्ने, समाजको भविश्य खोज्नेहरुका लागि सरकारले ऐनहरुमा संशोधन गर्ने अध्यादेशहरुमा निर्णय गरेको हो । ’

Share This:
सम्बन्धित खबर
Loading...