अहिलेसम्मका सबै शिक्षकहरु पेन्सनकै प्रावधानमा समावेश हुन्छन् : मन्त्री भट्टराई

12

काठमाडौँ, ७ माघ । शिक्षामन्त्री विद्या भट्टराईले अहिलेसम्मका सबै शिक्षकहरु पेन्सनकै प्रावधानमा समावेश हुने बताउनुभएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा निवृत्तिभरण कोषमा शिक्षक समावेशबारे विषयमा छलफल भएको जानकारी दिनुहुँदै उहाँले शिक्षकहरुको कन्फ्युजन स्पष्ट पार्दै ऐन बन्नुभन्दा पहिलाका शिक्षकहरु पेन्सन प्रावधानमा समावेश हुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘निवृत्तिभरण ऐनबारे अध्यादेशमा आएको छ, त्यसमा शिक्षक सेवा पनि समावेश हुने कुरा भएको निवृत्तिभरण कोषमा भन्ने आयो । यसमा शिक्षकहरुलाई केही कन्फ्युजन थियो कहिलेबाट भनेर । आज मन्त्रिपरिषद्को बैठकमा मैले यो विषय प्रवेश गराए । बैठकमा के कुरा भयो भने जहिलेबाट ऐन बन्यो, त्यहीँबाट नै हो लागु हुने, त्यो भनेको ०८१ सालबाट मात्रै लागु हुन्छ । त्यसभन्दा अगाडिको सबै शिक्षकहरु पेन्सन प्रावधानमा समावेश हुनुहुन्छ भनेर स्पष्ट पार्नुभएको छ ।’

Share This:
सम्बन्धित खबर
Loading...