व्यक्तिगत माध्यमबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्यो

1

काठमाडौँ, ६ माघ । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका पुसमा २६ हजार ७१९ युवाले मात्र वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए । गत वर्षको पुसमा यो संख्या ६५ हजार ८१३ थियो ।

गत आवको सोही अवधिको र चालु आवका अघिल्ला पाँच महिनाका तुलनामा श्रम स्वीकृति लिनेको संख्या घटेको देखिएको हो । त्यसमध्ये व्यक्तिगत रुपमा विदेशिनेको संख्या भने बढेको देखिएको छ ।

व्यक्तिगत तथा अन्य माध्यमबाट वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दै गएको हो । व्यक्तिगत रुपमा जानेको संख्या विगत ५ वर्षयता ६ प्रतिशतबाट बढेर २७ पुगेको तथ्यांकले देखाएको छ ।

विभागले सार्वजनिक गरेको गत वर्षको तथ्यांकअनुसार संस्थागत रुपमा वैदेशिक रोजगारीमा जानेको संख्या ६ प्रतिशतले घटेको छ ।

पछिल्लो अवधिमा मेनपावरमार्फत् १३ लाख २ हजार ९१४ विदेश गएका थिए भने व्यक्तिगत रुपमा जानेको संख्या २ लाख ५ हजार ९४५ रहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...