भन्सार जाँचपासको विषयमा सरकारले प्रष्ट पार्नुपर्छ : वर्षमान पुन

10

काठमाडौँ, २ माघ । बुधबार बसेको अर्थ समितिको बैठकले भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा छलफल गरेको छ ।

आज बसेको उक्त अर्थ समितिको बैठकमा पूर्वअर्थमन्त्री वर्षमान पुनले भन्सार जाँचपास प्रतिनिधिको विषयमा सरकारले प्रष्ट पार्नुपर्ने बताउनुभएको छ । उहाँले भन्सार जाँचपास प्रतिनिधिको अप्ठ्यारा चुनौती र विधेयक नपुगेको ठाउँमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘भन्सार जाँचपास प्रतिनिधिका विषयमा सरकारले छलफल गरेर प्रष्ट पार्नुपर्ने छ । भन्सार जाँचपास प्रतिनिधिको अप्ठ्यारा चुनौती र विधेयक नपुगेको ठाउँमा हामी ध्यानाकर्षण गराउन चाहन्छौँ । नयाँ साथीहरुले काम नपाउने, व्यवहारिक समस्या धेरै नै छन् ।’

यसैगरी उहाँले छलफल भइरहेको विधेयक सरकारले अध्यादेशमार्फत् ल्याएको भन्दै ध्यानाकर्षण गराउनुभयो । पुनले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयकको रूपमा समितिमा छलफल भइरहेको बेला सरकारले अध्यादेश ल्याएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘छलफल भइरहेको विधेयक फिर्ता लिएर अध्यादेश ल्याउन मिल्ने थियो । तर, फिर्ता नगरी सरकारले छलफल भइरहेको विधेयक अध्यादेश आयो । सरकारले प्रक्रिया पूरा गरेर अध्यादेश पाउँछ । सरकारले प्रक्रिया मिचेर काम गर्न मिल्दैन ।’

यसैगरी उक्त समितिमा रास्वपाका सांसद डा.स्वर्णिम वाग्ललेले भन्सारमा धेरै विकृति र वेथिति रहेको बताउनुभयो । उहाँले अरु देशको उत्पादनसँग मात्र जोडिएर नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘भन्सारमा यत्रो विकृति र वेथिति छ । यसले गर्दा अर्थतन्त्र चलायमान हुन सकेको छैन । उत्पादनका वस्तुहरु आइरहेका छन् । तर, अरु देशको उत्पादनसँग मात्र जोडिएर हुने अवस्था छैन । नेपालमा प्रतिस्पर्धी कुराहरु धेरै नै साघुरा छन् ।’

Share This:
सम्बन्धित खबर
Loading...