सरकारले अझै पनि संसद्लाई छल्ने काम गरे विशेष अधिवेशन आह्वान गर्ने विपक्षी दलको निर्णय

15

काठमाडौँ, २ माघ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सरकारले अधिवेशन नगरे विशेष अधिवेशन आह्वान गर्ने समझदारी बनेको बताउनुभएको छ ।

सिंहदरबारमा बसेको विपक्षी दलहरुको बैठकपश्चात उहाँले सरकारले अझै पनि संसद्लाई छल्ने काम गर्ने हो भने विशेष अधिवेशन आह्वान गर्ने समझदारी बनेको बताउनुभयो ।

उहाँ भन्नुभयो, ‘हिउँदे अधिवेशन छिटोभन्दा छिटो बोलाइयोस् यदि सरकारले अझै पनि यसरी नै संसद्लाई छलेर काम गर्छ भने प्रतिपक्ष दलहरुको तर्फबाट आवश्यक पर्‍यो भने अधिवेशन माग गर्ने, आह्वान गर्नेसम्मको तयारी हामीले गरिरहेका छौँ । यसमा हाम्रो समझदारी बनेको छ ।’

साथै उहाँले सरकारले नियमित संसद् अधिवेशन नबोलाएर अध्यादेशमार्फत् स्वइच्छाकारी ढङ्गले सरकार सञ्चालन गरेको भन्दै यो प्रवृत्तिविरुद्ध ६ दलहरु एकै ठाउँमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले नियमित संसद् अधिवेशन नबोलाएर अध्यादेशमार्फत् स्वइच्छाकारी ढङ्गले सरकार सञ्चालन गर्ने जुन प्रवृत्ति देखाएको छ त्यसमा हामी ६ दलहरु एकै ठाउँमा रहेका छौँ । सबैको चिन्ता, चासो र सुझाव सरकार स्वइच्छाचारी बन्दै गएको छ । संसद्लाई छल्न खोजेको छ । सरकारको यो रवैया बेठिक भयो भन्ने हाम्रो साझा निष्कर्ष छ ।’

आजको बैठकमा ६ पार्टीहरुको सहभागिता रहेको र अन्य प्रतिपक्षमा रहेका पार्टीहरुको पनि सकारात्मक समर्थन रहेको पनि उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...