एआईसम्बन्धी कानुन चाँडै निर्माण हुन्छ : मन्त्री गुरुङ

3

काठमाडौँ, १० पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एआईको प्रयोगसम्बन्धी कानुन चाँडै निर्माण गर्ने बताउनुभएको छ ।

बुधबार काठमाडौँमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ न्यूज डटकम पत्रिका लोकार्पण समारोहमा बोल्नुहुँदै उहाँले एआईको प्रयोगसम्बन्धी पोलिसी ल्याएर त्यसलगत्तै कानुन पनि निर्माण गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो मन्त्रालय बढी लाग्नुपर्ने भएकाले एआईको प्रयोग कसरी गर्ने भनेर यसपटक हामी एआईको प्रयोगसम्बन्धी पोलिसी ल्याउँदै छौँ । र त्यसको पोलिसी ल्याउनेबित्तिकै त्यसको कानुन बनाउँछौँ ।’

उहाँले सहरकारीको विषयमा आफ्नो पार्टीका मानिसलाई बचाउने र रास्वपालाई मात्र अनुसन्धान गर्‍यो भन्ने गलत प्रचार भएको छ ।

समितिको प्रतिवेदनमा उल्लेख भएको सहकारी ठगिमा संलग्न छ भने भने कांग्रेस एमाले मात्र नभई जुनै पार्टीमा आवद्ध रहेको व्यक्तिमाथि कारबाही हुने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘अहिले सहकारी अव्यवस्थापनको समस्या एकदमै धेरै देखिएको छ । एक पछि अर्को गर्दै उत्रिैँदै छ । समस्याग्रस्त बनेको सहकारीको अनुसन्धानको छुट्टै टिम बनाएको हो । संसदीय समितिले भनेको सबैलाई अनुसन्धान भइरहेको छ सबैलाई एकैपटक छानबिन गर्न त सकिन्न नि । एकथरी राजनीतिक दलहरुलाई के भ्रम छ भने, हाम्रोलाई मात्र गर्‍यो आफ्नोलाई गरेन भन्ने छ । समितिको प्रतिवेदनमा उल्लेख भएको सहकारीका कुनै पनि व्यक्ति कोही पनि छुट्दैन । त्यो सत्तामा रहेको कांग्रेसको होस् कि एमालेको होस् कि माओवादीको होस् । खालि रास्वपालाई मात्र गर्‍यो भन्ने गतल प्रचार भयो । हाम्रो अनुसन्धान र न्याय दिने कुरालाई ओझेलमा पार्न खोजेको हो ।’

उहाँले मूलुकको सुरक्षा, आर्थिक विकास र राजनीतिक प्रतिवद्धताको लागि गर्नुपर्ने धेरै काम अझै बाँकी रहेको बताउनुभयो । आफ्नो कार्यकालमा नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा एउटा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्ने अठोट उहाँको छ ।

उहाँले भन्नुभयो, ‘मुलुकको सुरक्षाको लागि आर्थिक विकासका लागि र राजनीतिक प्रतिवद्धताको लागि हामीले काम गर्नुपर्ने हुन्छ । तर, केही काम भएको छैन । यो वर्ष म त्यहाँ हुँदासम्म सबै काम गरेर नै छोड्छु । मैले नेपालको सञ्चार र सूचना प्रविधिको क्षेत्रमा एउटा व्यवस्थित परिस्थिति निर्माण गरेर छाड्छु ।’

Share This:
सम्बन्धित खबर
Loading...