निर्वाचनको समयमा पार्टी जनताबाट अनुमोदित हुन सक्नुपर्छ : मन्त्री सिंह

10

काठमाडौँ, ८ पुस । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले कांग्रेस पार्टी जनताबाट अनुमोदित हुन सक्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस १०० दिने विशेष अभियानअन्तर्गत काठमाडौँ महानगर स्तरीय भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले निर्वाचनको समयमा पार्टी जनताबाट अनुमोदित हुन नसके जतिसुकै कार्यक्रम गरे पनि परिणाम शून्य नै आउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस पार्टीको सबैभन्दा ठुलो चुनौती भनेको आफ्नै पार्टीलाई व्यवस्थापन गर्न नसक्नु हो । पार्टीलाई व्यवस्थित गर्न सक्ने कि नसक्ने सवाल नै ठुलो छ । यो भन्दाखेरि मान्छेहरुलाई सत्य कुरा सुन्दा तितो नै लाग्छ । तर, यो सत्यलाई तितो मानेर पन्छ्याउन खोजे भने हामीहरु अगाडि बढ्न सक्दैनौँ । जतिसुकै कार्यक्रम गरे पनि निर्वाचनको समयमा जनताबाट पार्टी अनुमोदित हुन नसके परिणाम शून्य नै आउँछ । ’

साथै उहाँले पार्टीको हरेक गतिविधिहरुमा क्रियाशील सदस्यहरुलाई समावेश गरिनुपर्ने बताउनुभयो । उहाँले क्रियाशील सदस्यहहरुलाई जनताको विश्वास जितेको कांग्रेस पार्टी हो भन्ने कुरा बिर्सन नहुने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...