नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि विश्वसनीय र तटस्थ स्थलको रूपमा स्थापित गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

27

काठमाडौँ, २८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि एक विश्वसनीय र तटस्थ स्थलको रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

बिहीबारदेखि ललितपुरमा नेपालको अन्तर्राष्ट्रिय वैकल्पिक विवाद समाधान केन्द्रद्वारा आयोजित उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधान सम्बन्धी सम्मेलनमा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विवाद समाधानका लागि आफूहरु प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्रीले नेपालको एडिआर प्रतिबद्धता र अन्तर्राष्ट्रिय कन्भेन्सनहरूमा नेपालको सक्रियता उल्लेख गर्नुहुँदै भन्नुभयो, ‘नेपालले न्युयोर्क कन्भेन्सन र सिंगापुर कन्भेन्सनमा हस्ताक्षर गरी एडिआरका मापदण्डमा आफ्नो प्रतिबद्धता प्रकट गरेको छ ।’ उहाँले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि एक तटस्थ र विश्वासनीय स्थलको रूपमा प्रस्तुत गर्ने लक्ष्यमा रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले यस वर्षको एडिआर सप्ताहको मुख्य शीर्षक ‘ग्रीन आर्बिट्रेसनः हिमालय बचाऔँ, भविष्यको पिढीका लागि पृथ्वी बचाऔँ’ अत्यन्तै महत्त्वपूर्ण भएको जनाउनुभयो ।

उहाँले जलवायु परिवर्तनको कारण पृथ्वी र हिमालमा परिरहेको संकटको बारेमा चिन्ता व्यक्त गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...