कांग्रेस र एमालको कमि कमजोरीको कारण द्वन्द्व सुरु भएको आरोप गलत छ : मन्त्री चौरसिया

16

काठमाडौँ, ५ मंसिर । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले दुई ठुला दल कांग्रेस र एमालको कमि कमजोरीको कारण द्वन्द्व सुरु भएको भन्ने अभिव्यक्तिमाथि असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

बुधबार, विस्तृत शान्ति सम्झौताको १८ वर्ष र संक्रमणकालीन न्याय को वर्तमान अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सांसद कृष्ण कशोर घिमिरेले सिस्टम र प्रजातन्त्र आइसकेपछि कांग्रेस र एमालेको कमि कमजोरीको कारण द्वन्द्व सुरु भयो भन्ने धारणा राखेको भन्दै असहमति जनाउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘सिस्टम आइसकेपछि प्रजातन्त्र आइसकेपछि कांग्रेस र एमालेको कमि कमजोरीको कारण द्वन्द्व सुरु भयो जस्तो कुरा गर्नुभयो । म यो कुरासँग सहमत छैन । कांग्रेस र एमालेको कमि कमजोरीको कारण द्वन्द्व सुरु भएको होइन । यसको जवाफ उहाँहरुले दिने हो । जे भयो म कसैलाई दोष लगाउने पक्षमा छैन ।’

मन्त्री चौरसियाले संक्रमणकालीन न्यायसम्बन्धी ऐन जुन संसोधन भएको छ अहिले त्यो द्वन्द्व पीडितमैत्री भएको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘संक्रमणकालीन न्यायसम्बन्धी ऐन जुन संसोधनको भएको छ अहिले त्यो द्वन्द्व पीडितमैत्री संसोधन भएको छ । द्वन्द्व पीडितहरुले सहमति नगरेसम्म त्यसलाई टुंगो लगाउन सकिँदैन ।’

उहाँले कसले गर्दा द्वन्द्व सुरु भयो भन्ने विषयमा टीकाटिप्पणी गर्नुभन्दा पनि पीडितलाई कसरी न्याय दिन सकिन्छ भन्ने कुरामा एकजुट हुन आवश्यक रहेको बताउनुभयो ।

यसबीचमा संक्रमणकालीन न्यायको विषयमा सन्तोषजनक काम नभएता पनि धेरै प्रयासका कामहरु भने भएको उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...