काठमाडौँ गुर्खाजले गर्‍यो जर्सी सार्वजनिक

44

काठमाडौँ, ३ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज क्लब ‘काठमाडौँ गुर्खाज’ले प्रतियोगिताको जर्सी र टाइटल स्पोन्सर सार्वजनिक गरेको छ ।

क्लबले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर जर्सी सर्वजनिक गरेको हो । साथै क्लबले यो वर्षको लागि क्रिकेट एम्बेसडरमा राष्ट्रिय महिला क्रिकेटकी कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बेसडर बनाएको छ ।

गुर्खाजले इन्दुलाई एक वर्षका लागि क्रिकेट एम्बेसडर बनाएको हो । एम्बेसडर इन्दुसँगै क्लबको मालिक श्रृंखला खतिवडा र मार्की खेलाडी करण केसीले जर्सी सार्वजनिक गर्नुभएको हो ।

Share This:
सम्बन्धित खबर
Loading...