हङकङ सुपर सिक्सेस : अष्ट्रेलियामाथि नेपालको शानदार जित

36

काठमाडौँ, १७ कात्तिक । नेपालले ‘हङकङ सुपर सिक्सेस’को दोस्रो खेलमा अष्ट्रेलियालाई ११ रनले पराजित गरेको छ । नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १ सय रन मात्र बनायो ।

अष्ट्रेलियाका ज्याक उडले १२ बल ५० रन बनाए । नेपालका लागि प्रतिश जिशीले ३ तथा लोकेश बम र विवेक यादवले एक एक विकेट लिए ।

त्यसअघि नेपालले अस्ट्रेलियालाई ११२ रनको लक्ष्य दिएको थियो । नेपालका लागि सन्दीप जोराले अर्धशतक प्रहार गरे । १६ बल खेलेका उनले ५१ रन बनाएर खेलको नियम अनुसार रिटायर्ड हर्ट भए ।

यस्तै, लोकेश बमले १३ बलमा ३३ रन बनाए । अष्ट्रेलियाका ज्याक हुडले २ विकेट लिए । पहिलो खेलमा नेपालले इंग्ल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो ।

हङकङ सिक्सेसमा नेपाल एक खेलअघि नै क्वार्टरफाइनल प्रवेश गरिसकेको थियो । यो जितसँगै नेपाल समूह विजेता बनेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...