तुलसीपुरको साततलेमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

8

दाङ, १० कात्तिक । तुलसीपुरको साततलेमा यात्रुबहाक जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिप चालक दाङकोे दंगीशरण गाउँपालिका–४ बैबाङका २२ वर्षीय हिरामणि बुढा मगर र सल्यानको कपुरकोट गाउँपालिका–६ का १९ वर्षीय सुरेश खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता इश्वर थापाले जानकारी दिनुभयो ।

प्रवक्ता थापाले दिएको जानकारी अनुसार दुर्घटनामा तीन आमा छोरा गम्भीर घाइते छन् । घाइते हुनेमा सल्यानको कपुरकोट गाउँपालिका–६ की ३१ वर्षीया टीकादेबी वली, उहाँका १३ वर्षीय छोरा महेश वली र १० वर्षीय छोरा जीवन वली गम्भीर घाइते छन् ।

घाइते सबैलाई थप उपचारका लागि बाँकेको नेपालगञ्जस्थित नर्सिङ होमका लागि रिफर गरिएको छ । राप्ती राजमार्ग अन्तरगत सल्यानबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ८२२ नम्बरको बोलेरो जिप तुलसीपुर उपमहानगरपालिका – ३ साततलेमा बिहान करिब ४ बजेतिर दुर्घटनामा परेको थियो ।

जिप सडकबाट झन्डै तीन सय मिटर तल खसकोे छ । जिपमा चालकसहित पाँच जना यात्रु सवार थिए । घटनालगतै इलाका प्रहरी कार्यालय तुलसीपुरको प्रहरी घटनास्थल पुगेर घाइतेको उद्धार गरेको थियो । दुर्घटनाको कारण खुलेको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...