कोरोना संक्रमणबाट बुटबलमा ८५ वर्षीया महिलाको मृत्यु

154

रुपन्देही । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बिहीबार बिहान थप एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका ९ की ८५ वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

गौतमकाअनुसार गत कात्तिक १४ गते संक्रमण पुष्टि भएकी ती महिलालाई २८ गते अस्पताल भर्ना गरिएको थियो ।

उपचारको क्रममा उनको बिहीबार बिहान २ः४३ बजे मृत्यु भएको हो । मृतक महिलामा मधुमेह र निमोनियाको समस्या रहेको डा.गौतमले जानकारी दिए ।

Share This:
सम्बन्धित खबर
Loading...