काठमाडौँ, ११ भदौ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमुद अल्बुसैदीबीच शिष्टाचार भेटवार्ता भएको छ ।
मंगलबार काठमाडौँको सोल्टी होटेलमा परराष्ट्रमन्त्रीकै निमन्त्रणामा दुई दिनका लागि नेपाल भ्रमणमा आउनुभएका विदेशमन्त्री अल्बुसैदीले आरजु राणा देउवासँग भेटवार्ता गर्नुभएको हो ।
भेटवार्तापछि सञ्चाकर्मीसँग कुराकानी गर्दै परराष्ट्रमन्त्री देउवाले नेपाल–ओमानबीचको सम्बन्धको बारे छलफल भएको र विदेशमन्त्री अल्बुसैदीले नेपालमा पर्यटनको क्षेत्रमा लगाानी गर्ने इच्छा व्यक्त गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘श्रमिकसम्बन्धी, स्वास्थ्यसम्बन्धी, पर्यटन र दुई मन्त्रीबीच नेपाल–ओमान सम्बन्ध छलफल भएको छ । उहाँले नेपालमा लगानि गर्न इच्छुक भएको कुरा राख्नुभएको छ । खासगरी पर्यटनको क्षेत्रमा लगाानी गर्ने इच्छा व्यक्त गर्नुभएको छ ।’
परराष्ट्र मन्त्रालयका अनुसार ओमानका विदेशमन्त्रीले भ्रमणका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टचार भेट गर्ने कार्यतालिका छ । उहाँ आजै स्वदेश फर्किने कार्यतालिका छ ।