बार्सिलोनाको लगातार दोस्रो जित

22

काठमाडौँ, ९ भदौ । स्पेनिस ला लिगमा बार्सिलोनाले लगातार दोस्रो जित निकालेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिक बिल्बाओलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा युवा स्टार खेलाडी लामिन यामल र भेट्रान खेलाडी रोबर्ट लेवान्डोस्कीले एक एक गोल गरेका थिए । बिल्बाओको तर्फबाट ओहिन सानसेटले पेनाल्टीमा गोल फर्काए ।

२४औँ मिनेटमा यामलले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर, ४३औँ मिनेटमा एथ्लेटिकका लागि पेनाल्टीमा सानसेटले बराबरी गोल गरे ।

७५औँ मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि अन्ततः बार्सिलोना २–१ गोलको जीत निकाल्न सफल भयो । बार्सिलोनाको लगातार दोस्रो जित हो भने एथ्लेटिक बिलबाओले पहिलो हार बेहोरेको छ ।

ला लिगाकै अन्य खेलमा रियल सोसिडाडले इस्पानियोललाई १–० गोल अन्तरले पराजित गर्दा गेटाफेर भ्यालेन्सियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । त्यसैगरी ओसासुनाले मालोर्कालाई १–० गोल अन्तरले स्तब्ध बनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...