इन्जिनियरहरु बिना मुलुकको विकास निर्माण सम्भव छैन : मन्त्री खड्का [भिडिओ]

40

काठमाडौँ, ८ भदौ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले मुलुक निर्माणमा इन्जिनियरहरुको धेरै ठुलो महत्व रहेको बताउनुभएको छ ।

शनिबार काठमाडौँमा भएको बृहत् इन्जिनियर्स भेलामा उहाँले आर्थिक र विकास निर्माणको हिसाबले मुलुकलाई स्थायित्व दिनुपर्ने जिम्मेवारी राजनीतिक दलको काँधमा आएको भन्दै त्यसका लागि सबैभन्दा ठुलो सारथीका रुपमा इन्जिनियरहरु नै रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईंहरु मुलुक निर्माणको धेरै नै महत्वपूर्ण व्यक्तित्वहरु हो । तपाईंहरु बिना मुलुकको विकास निर्माण सम्भव छैन । तपाईहरुमा सबै खालको कला दक्षता छ । तपाईहरुको सहभागिता विना सरकारले एक्लै काम गर्न सक्दैन । हामीले राजनीतिक हिसाबले मुलुकमा एक खालको स्थायित्व निर्माण गरि सकेका छौँ । आर्थिक, विकास निर्माणको हिसाबले मुलुकलाई स्थायित्व दिनुपर्ने जिम्मेवारी राजनीतिक दलको काँधमा छ । त्यसका लागि सबैभन्दा ठुलो सारथीका रुपमा इन्जिनियर्स साथीहरु हो ।’

यस्तै, उहाँले आर्थिक मात्र होइन प्राविधिक कारणले पनि ठुला आयोजनाहरु अधुरा रहेको भन्दै यसका लागि सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो ठुला ठुला आयोजनाहरु अधुरा रहेका छन्, यो आर्थिक पाटोको मात्र कुरा होइन प्राविधिक कारणले पनि ढिला भएको छ । यसका लागि पनि सबै मिलेर काम गर्नुपर्छ । हामीले राजनीतिक परिवर्तन हुँदै गर्दा केही राजनीतिक पार्टीहरुबीच साझा मुद्दा, एकता र सहकार्य गरेर अगाडि बढ्नु पर्छ ।’

यसका साथै, इन्जिनियरिङ क्षेत्रमा अधिकार र जनशक्तिको कमी भएको कुरालाई सरकारले गम्भीर भएर हेरेको पनि उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...