महिलामाथि दुर्व्यवहार हुनु भनेको समाजका लागि दुर्भाग्य : मन्त्री साह

47

काठमाडौँ, ७ भदौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले अहिले पनि महिलामाथि दुर्व्यवहार हुने गरेकाले त्यो समाजका लागि दुर्भाग्य हुने बताउनुभएको छ ।

शुक्रबार महिला समुत्थान परियोजनाको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुडीले हाम्रो समाजमा अहिले पनि महिलाहरुले लैङ्गिक भेदभाव र घरेलु हिंसाको शिकार हुनुपरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपालको संविधानले हरेक नागरिकहरुलाई स्वतन्त्रताको हक दिएको छ । सम्मानपूर्वक बाँच्न पाउने हक दिएको छ । महिलाकोे हक दिएको छ । महिलाहरुको हक र अधिकारको रक्षा, सम्बर्द्धन र प्रवर्द्धन गर्न राष्ट्रिय प्रयासहरु भइरहेका छन् । हाम्रो समाजमा लैङ्गिक भेदभाव, घरेलु हिंसा, दुर्व्यवहारका घटना भइरहेका छन् । यस्तो हुनु सभ्य समाजका लागि दुर्भाग्य हो ।’

साथै उनले लैङ्गिक भेदभाव हटाउनसबै एकजुट हुन जरुरी रहेको बताउनुभयो । उहाँले राष्ट्र विकासको नाममा सामाजिक मुद्दाहरुमा विविधता देखिएको जिकिर गर्नुभयो ।

यस्तै, मन्त्री सुडीले कानुनमा भएका व्यवस्थाअनुसार महिला बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुको सरकारले सुनिश्चितता गर्नुपर्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...