बाढी पहिरो : हालसम्म १९३ जनाको मृत्यु, ४९ जना बेपत्ता

105

काठमाडौँ, ५ भदौ । मनसुनी वर्षा सुरू भएदेखि देशक विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका प्राकृतिक विपद्‌मा परी मंगलबारसम्म १९३ जनाको मृत्यु भएको छ ।

बाढी, पहिरो लगायतका विपद्‌मा परी काठमाडौँ उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेस प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३४ जना, गण्डकी प्रदेशमा ५६ जना, लुम्बिनी प्रदेशमा ३७ जना, कर्णाली प्रदेशमा १३ जना र सुदूरपश्चिम प्रदेशमा १५ जना गरी जम्मा १९३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३८ जना, मधेस प्रदेशमा १२ जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ४७ जना, लुम्बिनी प्रदेशमा १८ जना, कर्णाली प्रदेशमा ५७ जना र सुदूरपश्चिम प्रदेशमा ३४ जना गरी जम्मा २ सय ४१ जना घाइते भएका छन् ।

यस्तै, काठमाडौँ उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा ११४ जनाको उद्धार गरिएको छ ।

बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेस प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ४९ जना बेपत्ता भएका प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

बाढीको कारण जम्मा ३८४ घर डुबानमा परेका छन् । ३३३ वटा घर, ११६ वटा गोठ, ५१ वटा पुल, ४ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । कुल ८७० वटा पशुचौपायको मरेको छ भने विपद्का घटनाबाट ४ हजार ८४२ परिवार विस्थापित भएका छन् ।

Share This:
सम्बन्धित खबर
Loading...