गाईजात्राले लामो इतिहास बोकेको छ : मन्त्री पाण्डे

33

काठमाडौँ, ४ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गाईजात्रा नेपालीहरुको महान पर्व भएको बताउनुभएको छ ।

सोमबार काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रमको अवसरमा बोल्दै मन्त्री पाण्डेले गाईजात्राले लामो इतिहास बोकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘गाईजात्राले शक्तिशाली सन्देश दिएको छ, यो ’जात्राले लामो इतिहास बोकेको हामी सबैलाई थाहा छँदै छ, हामी नेपालीहरु विविध संस्कृति र विभेदतापूर्ण प्रकृतिले सम्पन्न छौँ । ’

साथै उहाँले नेपाल सानो भूगोल भए पनि विविधता अन्नतत भएको बताउनुभयो । उहाँले हाम्रो संस्कृति नै हाम्रो पुँजी भएको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...