बागमती प्रदेशको मुख्य न्यायधिवक्तामा शुकदेव काफ्ले नियुक्त

28

मकवानपुर, २ भदौ । बागमती प्रदेशको मुख्य न्यायधिवक्तामा शुकदेव काफ्ले नियुक्त हुनुभएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्य न्यायाधिवक्तामा काफ्लेलाई नियुक्त गर्नुभएको हो ।

नेपालको संविधानको धारा १६० उपधारा (२०) बमोजिम प्रदेशका माननीय मुख्यमन्त्री बहादुर सिंह लामाका सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्ता पदमा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी प्रकाश चापागाईंले बताउनुभयो ।

२५ वर्षदेखि निरन्तर कानुन व्यवसायीको रुपमा कार्य गर्दै आउनुभएका काफ्लेले यसअघि पूर्वकानुन तथा न्यायमन्त्री भीम बहादुर तामाङ र पूर्वमहिला तथा समाज कल्याणमन्त्री लिला कोइरालाको सल्लाहकार भएर समेत काम गरिसक्नुभएको छ ।

नेपाल बार एसोसिएसनको सदस्य रहनुभएका काफ्ले नेपाल बार एसोसिएसन र काठमाडौँ जिल्ला बारका विभिन्न समितिमा संलग्न भई काम गरिसक्नुभएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...