देश पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुग्यो : कुलमान घिसिङ

27

काठमाडौँ, २५ साउन । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको काम अगाडि बढिसकेको बताउनुभएको छ। उहाँले चाँडै देश पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुग्ने बताउनुभयो ।

शुक्रबार नेपाल विद्युत् प्राधिकरणले विगत एक वर्षमा गरेका काम कारबाही र समसामयिक विषयमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गर्दै निर्देशक घिसिङले ८ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युत्‌को ग्राहक सङ्ख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको जानकारी गराउनुभयो ।

‘आठ वर्षअघि २९ लाख ७० हजार रहेका विद्युत्‌को ग्राहक संख्या हाल सामुदायिकसहित ५९ लाख ३५ हजार पुगेको छ । विकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको काम अगाडि बढिसकेको छ । अब छिट्टै देश पूर्णरुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुगेको छ । विद्युतीकरणका लागि प्राधिकरणको आफनै स्रोतबाट ठूलो लगानी गरिएको छ,’ उहाँले भन्नुभयो,‘सुकुम्बासी बस्ती तथा चेपाङ, मुसहरलगायतका विपन्न वर्गका घरपरिवारमा विद्युत पुरÞ्याउन निःशुल्क मिटरसमेत वितरण गरिएको छ । गाउँबस्तीको विद्युतीकरण मात्र होइन स्थानीय निकायहरुसँगको साझेदारीमा स्मार्ट सडक बत्ती विस्तार गरी सहर उज्यालो बनाउने कार्यमासमेत ठूलो लगानी गरिएको छ ।’

उहाँले ८ वर्षअघि प्रतिवर्ष ३ अर्ब ७२ करोड युनिट विद्युत् खपत हुने गरेकामा अहिले १० अर्ब २३ करोड युनिट पुगेको, प्रतिव्यक्ति ऊर्जा खपत १३१ युनिटबाट बढेर ४०० युनिट पुगेको, घर–घर र बस्ती बस्तीमा बत्ति बाल्न मात्र नभई उद्योग, व्यवसाय र कलकारखानामा विद्युत् पुर्‍याएर आन्तरिक खपत बढाई देशलाई नै समृद्ध बनाउने अभियानमा पनि सफलता प्राप्त भएको पनि बताउनुभयो ।

विद्युत् खपत बढाउन विद्युतीय सवारी साधनलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्न प्राधिकरणले ६२ वटा चार्जिङ स्टेसन निर्माण गरी सञ्चालनमा ल्याएको र निजी क्षेत्रवाट निर्माण गरिएका ४०० भन्दा बढी चार्जिङ स्टेसन सञ्चालनमा रहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,‘आठ वर्षअघि प्रतिवर्ष ३ अर्ब ७२ करोड युनिट विद्युत् खपत हुने गरेकामा अहिले १० अर्ब २३ करोड युनिट पुगेको छ । प्रतिव्यक्ति ऊर्जा खपत १३१ युनिटबाट बढेर ४०० युनिट पुगेको छ । घर–घर र बस्ती बस्तीमा बत्ति बाल्न मात्र होइन, उद्योग, व्यवसाय र कलकारखानामा विद्युत् पुर्‍याएर आन्तरिक खपत बढाइ देशलाई नै समृद्ध बनाउने अभियानमा पनि सफलता प्राप्त भएको छ । विद्युत् खपत बढाउन विद्युतीय सवारी साधनलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्न प्राधिकरणले आफैँ ६२ वटा चार्जिङ स्टसेन निर्माण गरी सञ्चालनमा ल्याएको छ । निजी क्षेत्रबाट निर्माण गरिएका चार सयभन्दा बढी चार्जिङ स्टेसन सञ्चालनमा छन् ।’

तीन वर्षको अवधिमा प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन विस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठुलो सफलता हात परेको निर्देशक घिसिङको दाबी छ ।

प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको र यस अवधिमा विद्युत्‌को महसुल ३ पटक गरी करिब २५ प्रतिशत घटाइए पनि नाफामा वृद्धि नै भइरहेको घिसिङले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिंचाइका लागि प्रतियुनिट २ रुपैयाँमा विद्युत् उपलब्ध छ भने लिफ्टिङ खानेपानीमा डिमाण्ड शुल्क नलाग्ने र इनर्जी शुल्कमा सहुलीयतको व्यवस्था गरिएको छ र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न चार्जिङ स्टेसनमा सहुलियतपूर्ण महसुल दर कायम गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...