सरकार देशमा अटोक्रेसी चलाउन खोजिरहेको छ : माधव सापकोटा

47

काठमाडौँ, २१ साउन । प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सरकारले देशमा अटोक्रेसी चलाउन खोजिरहेको आशंका व्यक्त गर्नुभएको छ ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले सरकरले नियम उल्लंघन गरेर नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिबाट दुईजना सदस्य बर्खास्त गरिएकोप्रति आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो,‘सरकार पछिल्ला घटनाक्रमहरु हेर्दा नेपाल विद्युत् प्राधिरणको दुईजना सदस्यहरुको बर्खास्तीसम्म पुग्दाको अवस्था हेर्दा कपिल आचार्य र भक्तबहादुर पुनलाई नियम उल्लंघन गर्दै बर्खास्ती गरिएको छ । यो घटनाको जोडदार ढंगले खण्डन गर्न चाहन्छु । सरकार देशमा अटोक्रेसी चलाउन खोजिरहेको आशंका लाग्छ ।’

उहाँले सार्वजनिक लेखा समितिको सभापतिले निर्णयलाई लत्याएर उल्टयाउने उद्देश्यकासाथ अनैतिक रुपमा होटलमा बसेर छलफल गरिरहेको आरोप लगाउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...