सांसद सोबिता गौतमले भनिन्- निर्वाचन क्षेत्रमा ममाथि दुर्व्यवहार भयो

44

काठमाडौँ, २१ साउन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोबिता गौतमले आफूमाथि दुर्व्यवहार भएको भन्दै अभद्र व्यवहार गर्नेमाथि कारबाही गर्न माग गर्नुभएको छ ।

सोमबार प्रतिनिसभाको बैठकमा शून्य समयमा बोल्दै उहाँले आफ्नो निर्वाचन कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा केही युवाहरुको समूहले आफूमाथि दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गर्नुभएको हो ।

‘म बढी पहिरोको अवलोकनका लागि मेरो निर्वाचन क्षेत्र काठमाडौँ–२ को कागेश्वरी मनोहरा–६ को मनोकामना टोलमा गएको थिए । अवलोकन गरेर फर्केर आउँदा चिया पसलमा १५–१० जना युवाहरु जम्मा हुनुभएको रहेछ । ती युवाहरु नसामा लठ्ठ हुनुहुन्थ्यो, ’उहाँले भन्नुभयो,‘एकाएक मलाई घेर्न थाल्नुभयो । बुढो मान्छेले बोलाएको ठाउँमा मात्र जाने भनेर प्रश्न गर्न थाल्नुभयो । चक्रव्युहजस्तो रचियो । जथाभाबी चर्को स्वरमा मुख छाड्न थाल्नुभयो । पार्टीगत रुपमा आक्षेप लगाउने काम भयो । एक किसिमले दुर्व्यवहार गर्ने शैलीले उहाँहरु उत्रिनुभएको थियो ।’

Share This:
सम्बन्धित खबर
Loading...