पार्टी कार्यालय डुबानमा परेपछि एमाले सचिवालय बैठक होटलमा

58

काठमाडौँ, १७ साउन । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासल डुबानमा परेपछि हनुमानस्थानस्थित होटल बसेरामा बैठक सुरु भएको हो ।

बिहीबारको बैठकले नेताहरूको कार्यविभाजनबारे निर्णय गर्ने बताइएको छ । बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ । यसअघि एमालेले नेताहरूलाई फरक भूगोलको जिम्मेवारी दिइएको थियो ।

ललितपुरको च्यासलस्थित एमाले मुख्यालय र पुष्पलाल स्मृति भवन मनोहरा र बागमती नदीमा आएको बाढीले डुबानमा परेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...