अझै पनि द्वन्द्वका घाउहरु मेटिएका छैनन् : अर्थमन्त्री पौडेल

40

काठमाडौँ, १६ साउन । अर्थमन्त्री विष्णु पौडेलले अझै पनि द्वन्द्वका घाउहरु नमेटिएको भन्दै शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्‍याउन आवश्यक रहेको बताउनुभएको छ ।

बुधबार काठमाडौँमा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको ३२औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले अझै पनि द्वन्द्वका घाउहरु बाँकी रहेकाले शान्ति प्रक्रियालाई एउटा निष्कर्षमा पुर्‍याउने बाँकी काम सम्पन्न गर्ने अभिभारा सबैको काँधमा रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘पछिल्ला दिनहरुमा हामी देखिआएका छौँ, नेपालले एउटा अनुचित एउटा कहालीलाग्दो द्वन्द्वबाट नेपाली समाज मुक्त भएको छ । हिंसाबाट शान्तिमा रुपान्तरण गरेका छौँ, शान्तिको स्थापना भएको छ, अझै पनि द्वन्द्वका घाउहरु मेटिएका छैनन् । शान्ति प्रक्रियालाई एउटा निष्कर्षमा पुर्‍याउने केही काम बाँकी नै छन् । यो शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने अभिभारा हामी सबैको काँधमा छ ।’

साथै उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सबै निष्कर्षहरु पीडितमैत्री हुनुपर्ने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...