मिडिया ’ट्रायल’ गृहमन्त्रालयका लागि घातक छ : रवि लामिछाने

40

काठमाडौँ, १६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले मिडिया ट्रायलले गृहमन्त्रालय घातक भएको बताउनुभएको छ ।

बुधबार बसेकोे राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले गृहमन्त्री रमेश लेखकलाई लक्षित गर्दै बचेर काम गर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘एउटा कुरा म क्लियर भन्छु, यो मिडिया ट्रायलले गृहमन्त्रालय घातक छ, गृहमन्त्रीज्यू बच्नुहोला । तपाईंलाई पनि माया गर्ने मान्छेहरु छन्, मैले त धेरै काम गर्न सकिन, तपाईं सक्नुहोला तर मिडिया ट्रायलबाट यो संगठन जोगाउनुहोला । प्रहरी संयन्त्रका लागि मिडिया ट्रायल हरिबिजोक छ । मिडिया ट्रायल प्रतिस्पर्धी रुपमा रहेका छन् । मिडियाले सुरुमा भन्छ माहोल बनाइदिन्छु त्यसपछि माहोल बनाउँदै जाँदा सम्पादकीयबाट लिएर प्रहरीकोबारे नराम्रो समाचार लेखिदिन्छ । तर हाम्रो प्रहरी सक्षम छ, क्षमतावान छ, तागत छ र साहस पनि छ । ’

उहाँले प्रहरीलाई छानबिन गर्न दिए सम्पूर्ण कुरालाई अगाडि बढाएर छानबिन गर्न सक्ने बताउनुभयो । साथै उहाँले सबै कारागारमा बजेटको कमी भएको भन्दै नुवाकोट कारागारका लागि पनि बजेट आवश्यक रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘छानबिनको लागि आवाज उठाउनु नराम्रो होइन । छानबिन प्रहरीले पनि राम्रोसँग गर्छ, हस्तक्षेप गर्नुभएन, काम गरेको मान्छेलाई काम गरेको छैन भन्दै ट्रायल हुन्छ । ’ साथै उहाँले यो समितिलाई अगाडि बढाउन वान टु वान प्रश्न उत्तर गर्दै गए सबै समस्याको समाधान हुने जिकिर गर्नुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...