इलामको सन्दकपुरमा बिओपी स्थापना

136

इलाम । इलाम जिल्लाको सन्दकपुर गाउँपालिका ५ स्थित जौवारीमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट(बिओपी) जौवारी स्थापना भएको छ ।

प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की तथा सोही प्रदेशका कृषिराज्यमन्त्री राम रानाले सोमबार आयोजित एक समारोहका बीच उक्त बिओपीको उद्घाटन गरेका हुन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण इलाम मातहतमा स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारीनिकासी नियन्त्रण, सीमा अपराध नियन्त्रण लगायतका विविध कामकारवाहीहरुमा परिचालित हुनेछ ।

इलाम जिल्लाको सदरमुकाम देखि करिब ३९ किलोमिटरको दूरीमा नेपाल भारत सीमानाका भन्दा करिब १ किलोमिटर वर स्थापना गरिएको उक्त बिओपीले आजैबाट दैनिक कार्य सुचारु गरेको छ ।

सशस्त्र प्रहरी बलको एक प्लाटुन टोली आवश्यक बन्दोबस्तीका सामानसहित सो ठाउँमा खटिएको हो ।

नेपाल सरकारको नीति अनुरुप सीमानालाई अझ बजबुद बनाउनका लागि तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल, नेपालको बोर्डर आउट पोष्टहरु थप गर्दै लगिएको छ ।

हालसम्म १ सय ८९ वटा बोर्डर आउट पोष्ट स्थापना भइसकेको छ भने निकट भविष्यमा २ सय २१ वटा बोर्डर आउट पोष्ट स्थापना गर्ने योजनाका साथ आवश्यक कार्य भइरहेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...