कांग्रेस र एमालेको सम्बन्ध, दुई आयामिक सम्बन्ध हो : ईश्वर पोखरेल [भिडिओ]

42

काठमाडौँ, १६ साउन । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपाली कांग्रेस र एमालेको सम्बन्ध आयामिक सम्बन्ध रहेको बताउनुभएको छ ।

नेपाल निजामती कर्मचारी संगठनले आयोजना गरेको कार्यक्रममा उहाँले राष्ट्रिय मुद्दामा, राष्ट्रलाई संकट परेको बेला ऐतिहासिक पविर्तनका क्षणमा कांग्रेस र कम्युनिस्टको सहकार्य हुने गरेको भन्दै कांग्रेस र एमालेको सम्बन्ध आयामिक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेससँग हाम्रो सम्बन्ध दुई आयामिक सम्बन्ध हो भन्ने कुरा बुझ्नुपर्छ । कतिपय राष्ट्रिय मुद्दामा, राष्ट्र संकटमा परेको बेलामा, ऐतिहासिक पविर्तनका क्षणमा कांग्रेस कम्युनिस्टको सहकार्य पनि हुने गरेको छ । तर, हामी आम रुपमा राज्य सञ्चालनमा प्रतिस्पर्धा अरु राजनीति क्रियाकलापमा हाम्रा प्रतिस्पर्धा हुने गरेका छन् । यो दुई आयामिक सम्बन्ध बुझेनौँ भने हामी असन्तुलित हुन्छौँ ।’

उहाँले एमालेबाट निर्देशित हुनका लागि राष्ट्रिय राजनीतिमा एमालेको दृष्किोणलाई ठिक ढंगले बुझ्न आवश्यक रहेको बताउनुभयो । यदि एमालेको राजनीतिलाई ठिक ढंगले बुझ्न नसकेमा दिशाविहीन हुने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय राजनीतिलाई ठिक ढंगले बुझ्न आवश्यक छ । एमालेसँग नजिक हौँ हामी एमालेबाट निर्देशित हुन्छौँ भन्ने हो भने हामीले राष्ट्रिय राजनीतिमा एमोको दृष्टिकोणलाई पनि ठिक ढंगले बुझ्न आवश्यक हुन्छ । यदि एमालेको राजनीतिलाई हामीले ठिक ढंगले बुझ्न सकेनौँ भने भ्रमित हुन सक्छौँ । दिशाविहीन हुन पुग्छौँ ।’

Share This:
सम्बन्धित खबर
Loading...