व्यवसाय गर्नेलाई सजिलो वातावरण बनाउछौँ : मन्त्री सिंह

36

काठमाडौँ, १४ साउन । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवसाय गर्नेहरुलाई सजिलो वातावरण सिर्जना गर्नका लागि नीति निर्माण गर्ने बताउनुभएको छ ।

सोमबार ३०औँ कार्गो दिवसको उद्घाटन समारोहमा उहाँले नीति निर्माणको साथै नेपाल सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल सरकारको तर्फबाट तपाईंहरुको काम गर्दा जुन नीतिसम्बन्धी समस्या भोगिरहनुभएको छ । त्यसका लागि खुकुलो पार्नेदेखि लिएर व्यवस्थित गर्नका लागि भूमिका निर्वाह गर्छु । काम र व्यवसाय गर्नेहरुलाई सजिलो होस् भनेर नीतिहरु ल्याउने काम वर्तमान सरकारले गरेको छ ।’

उहाँले वर्तमान सरकारले अर्थतन्त्रलाई अगाडि बढाउने कामहरु गरिरहेको भन्दै कुराभन्दा पनि काम गरेर देखाउने सरकारको मान्यता रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईंहरु के कुरामा ढुक्क भएर बस्नु भने अहिलेको सरकारले अर्थतन्त्रलाई अगाडि बढाउने कामहरु गरिरहेको छ । धेरै कुराभन्दा पनि काम गरेर देखाउनु छ । त्यसमा सरकारले गर्नुपर्ने काम हजुरहरुले भन्नुहोला । सयकार्य गरौँ ।’

यस्तै, उनले काम गर्दा भोग्नु परेको समस्याहरुलाई समय समयमा सरकारलाई जानकारी गराउनुपर्ने भन्दै एउटा कार्यक्रममा भनेर समस्या समाधान हुन्छ भन्ने सोच गलत रहेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...