समितिलाई आफ्नो स्वार्थ अनुकुल सञ्चालन गर्न हुँदैन : सांसद बस्नेत

20

काठमाडौँ, ९ साउन । पूर्वमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का सांसद शक्ति बस्नेतले समितिलाई आफू अनुकुल आफ्नो स्वार्थ अनुकुल बनाउन नहुने धारणा राख्नुभएको छ ।

बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वधार विकास समितिमा प्राप्त उजुरीहरुका बारेमा भएको छलफलमा उहाँले समितिलाई आफू र आफ्नो स्वार्थ अनुकुल बनाउन नहुने भन्दै पपुलिज्ममा विश्वास गर्ने नभएर मूल काममा केन्द्रित भएर अगाडि बढ्ने कुरा प्राथमिकतामा राखेर अगाडि बढ्नु पर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘समितिलाई आफू अनुकुल आफ्नो स्वार्थ अनुकुल तल पार्ने कोसिसहरु पनि हुन्छन् । त्यसैले यस कुरामा हामी सजक हुनुपर्छ । धेरै पपुलिज्ममा विश्वास गर्ने मात्र नभएर हाम्रो मूल काममा केन्द्रित भएर अगाडि बढ्न् कुरा हाम्रो प्राथमिकतामा राख्नुपर्छ ।’

त्यस्तै, बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले समितिमा आएका उजुरीहरुको छलफलमा एकदमै ढिलाई हुने गरेको भन्दै आएका उजुरीहरु कसरी हुन्छ छिटो छलफलमा ल्याउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यसपटक अलि ढिला भएको हो कि भन्ने महसुस भयो । तर, आगामि दिनमा आएका उजुरीहरु कसरी हुन्छ छिट्टै नै छलफलमा ल्याउनुपर्छ । यो ढिलो हुँदा मैले पनि केही गुनासोहरु सुनिराख्नु परेको छ । त्यसैले छिटो गर्न आवश्यक छ ।’

Share This:
सम्बन्धित खबर
Loading...